निवर्तमान आईजीपी खापुङको उपत्यका बाहिर जान र विदेश भ्रमणमा रोक

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

निवर्तमान आईजीपी खापुङको उपत्यका बाहिर जान र विदेश भ्रमणमा रोक

कात्तिक २७, २०८२, काठमाडौँ – जेनजी घटनाको छानबिन तथा जाँचबुझ आयोगले निवर्तमान नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङलाई विदेश भ्रमण गर्न र उपत्यका बाहिर जान रोक लगाएको छ। आयोगले बिहीबारदेखि लागू हुने गरी यस्तो निर्णय गरेको हो।

आयोगका सदस्य तथा प्रवक्ता विज्ञान राज शर्माले जानकारी दिए अनुसार, खापुङले उपत्यका बाहिर जानुपूर्व आयोगको स्वीकृति लिनुपर्नेछ। साथै, आयोगले उनलाई बयानका लागि जतिबेला पनि बोलाउन सक्ने अधिकार राखेको छ र बोलाइएको बेलामा उपस्थित हुनुपर्ने छ।

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसहित अन्य व्यक्तिहरूलाई पनि विदेश भ्रमण तथा उपत्यका बाहिर जान रोक लगाइएको थियो।

खापुङले गएराति १२ बजे नेपाल प्रहरीबाट सेवाअवधि पूरा गरी सेवानिवृत्त भएका छन्।

Leave a comment