बारा–३ मा फरमुल्लाह मन्सुरको चुनावी खर्च १३ लाख २ हजार

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

निर्वाचन आयोगमा खर्च विवरण पेश

कलैया (बारा), प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत बारा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार फरमुल्लाह मन्सुरले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन आयोगमा पेश गरेका छन्। उनले बुझाएको विवरणअनुसार कुल रु १३ लाख २ हजार (१३,०२,०००) खर्च भएको उल्लेख गरिएको छ।

निर्वाचन आयोगमा पेश गरिएको खर्च विवरण (अनुसूची–२१) अनुसार मन्सुरले विभिन्न शीर्षकमा खर्च गरेका छन्। विवरणमा मनोनयन दर्ता, सवारी साधन भाडा, इन्धन, प्रचार–प्रसार, सवारी परिचालन तथा खाना–खाजा खर्च समावेश छन्।

खर्च विवरणअनुसार उनले मनोनयन दर्तामा रु १० हजार, सवारी साधन भाडामा रु २ लाख ३२ हजार तथा इन्धनमा रु २ लाख ५० हजार खर्च गरेका छन्। त्यस्तै, प्रचार–प्रसार सामग्रीमा रु २ लाख ५ हजार ४०४ खर्च गरिएको छ।

यसबाहेक, सवारी साधन परिचालनमा रु १ लाख ८५ हजारखाना तथा खाजामा रु ६५ हजार ५९६ खर्च भएको विवरणमा उल्लेख छ।

निर्वाचन आयोगको प्रावधानअनुसार उम्मेदवारहरूले निर्वाचन सम्पन्न भएपछि निर्धारित समयभित्र आफ्नो खर्च विवरण अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था छ।

Leave a Comment