कलैया, कार्तिक ३०
कलैया उपमहानगरपालिकामा सक्रिय युवाहरूको पहलमा जेनजी एण्ड युथ नामक नयाँ युवा नेतृत्व संरचना गठन गरिएको छ। शनिबार कलैयास्थित बारा उद्योग वाणिज्य संघको सभा हलमा सम्पन्न भेला तथा अन्तरक्रिया कार्यक्रममा सर्वसम्मत निर्णयसहित सौरभ पाण्डेयलाई समितिको संयोजकमा निर्विरोध चयन गरिएको हो।
युवाहरूको नेतृत्व विकास, सामाजिक दायित्व, स्थानीय समस्या समाधान, शिक्षा–स्वास्थ्य प्रवर्द्धन तथा पूर्वाधार निर्माणमा सक्रिय भूमिकाका लागि यो समिति गठन गरिएको आयोजकहरूले बताए।
२० सदस्यीय नव गठित समितिका,सह–संयोजक सुमन जैसवाल ,कोषाध्यक्ष आकाश गुप्ता,सचिव अशोक पण्डित,सह–सचिव ध्रुव माली,सह–सचिव आनन्द गुप्ता रहेका छन।
त्यसैगरी सदस्यहरूमा उदय महतो, अर्जुन गुप्ता, आनन्द कुमार गुप्ता, राजेश कुमार साह, राकेश यादव, निरज साह, अभिषेष तिवारी, दिपेन्द्र साह, लालु कुमार गुप्ता, रामबालिक राम, संगम कुमार राजपूत, संजय पटेल, नितिश कुमार कुशवाहा, भोला यादव र राम पुकार लगायतका युवाहरू सदस्यमा चयन भएका छन्।
युवाहरूको सक्रियता र योजनाले भविष्यप्रतिको आशा समितिले समग्र कलैया उपमहानगरपालिकामा युवाका क्षमता, सीप र ऊर्जा परिचालन गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, खेलकुद तथाकला–संस्कृतिको विकास, स्थानीय पूर्वाधार, विशेषगरी सडक निर्माणमा पहलकदमी,
युवालाई रोजगारी, सीप र नेतृत्वतर्फ अभिमुख गराउनेजस्ता दीर्घकालीन योजनाहरू अघि सारेको संयोजक पाण्डेयले बताए।
उनका अनुसार स्थानीय विकासका काममा राजनीतिक विभाजनभन्दा माथि उठेर “युवा–पहिलो, विकास–मुख्य” नारा लिएर समिति अघि सचीव पण्डितले बताए ।



Leave a Reply