बारा सीमा क्षेत्रमा कोकिनसहित एक भारतीय नागरिक पक्राउ

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बारा, मंसिर ११ । जिल्लामा लागू औषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले बारा सीमा क्षेत्रमा कोकिनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय छतवाबाट प्रहरी बरिष्ठ नायव निरीक्षक अर्जुन सिंह ठगुन्नाको कमाण्डमा खटिएको टोलीले बिहीबार दिउँसो करिब २ बजे बिश्रामपुर गाउँपालिका–१ खेखरिया क्षेत्रमा भारतबाट नेपाल प्रवेश गर्ने क्रममा BR 05 AV 3532 नम्बरको मोटरसाइकललाई शंकास्पद ठानी रोकेर चेकजाँच गरेको थियो।

जाँचका क्रममा मोटरसाइकलको पछाडि दुध बोकेको जस्तो देखिने फलामको साँचो भित्र लुकाइ–छिपाइ ल्याइएका १९ वटा सेता प्लास्टिकका प्याकेटमा रहेको कोकिनजस्तो देखिने २१ ग्राम ६५० मिलिग्राम सेतो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

लागू औषधसहित पक्राउ परेका व्यक्ति भारतका पूर्वी चम्पारण, बिहार नायकटोल निवासी वर्ष ३५ का लाल बाबु साह रहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ। उनीसहित बरामद गरिएको पदार्थ परीक्षण तथा थप अनुसन्धानको कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Leave a comment