काठमाडौँ — इन्धनको मूल्यवृद्धि विरुद्ध सडक आन्दोलनको चेतावनी फेरि चर्किएको छ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान ले एक हप्ताभित्र मूल्यवृद्धि फिर्ता नगरे कडा आन्दोलन सुरु गर्ने घोषणा गरेको छ।
शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा महाअभियानका संयोजक दुर्गा प्रसाईं ले सरकारलाई अल्टिमेटम दिँदै समयमै निर्णय नसुधारिए आन्दोलन अपरिहार्य हुने बताएका हुन्।
उनले आन्दोलनको नेतृत्व आफ्नै अभियानअन्तर्गतको विद्यार्थी संगठनले गर्ने जानकारी दिँदै सरकारलाई त्यस्ता संगठन खारेज गर्ने प्रयास नगर्न समेत चेतावनी दिए। “विद्यार्थी संगठन आवाज उठाउने माध्यम हो,” भन्दै उनले सरकारप्रति असन्तुष्टि पोखेका छन्।
प्रसाईंले विगतमा सानो मूल्यवृद्धिमा समेत विद्यार्थी संगठन सडकमा उत्रने गरेको स्मरण गर्दै अहिले ठूलो परिमाणमा मूल्य बढ्दा पनि प्रमुख विद्यार्थी संगठन मौन बसेको आरोप लगाए।
महाअभियानले इन्धन मूल्यवृद्धिलाई जनजीवनसँग प्रत्यक्ष जोडिएको विषय भन्दै तत्काल फिर्ता लिन माग गरेको छ। अन्यथा आन्दोलनमार्फत सरकारलाई दबाब दिने रणनीति अघि सारिएको छ।
इन्धन मूल्यवृद्धि फिर्ता नगरे आन्दोलन गर्ने चेतावनी, सरकारलाई प्रसाईंको चुनौती
Leave a Comment
Leave a Comment






