ब्रम्ह कुमारी राजयोग सेवा सही बाटोमा डोरयाउँछ: पुर्व सांसद यादव

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 157
पढ्न लाग्ने समय : 1 मिनेट

८ बैशाख, बारा: बाराको निर्वाचन क्षेत्र नम्बर-३ का पुर्व प्रतिनिधि सभा सदस्य रामबाबु कुमार यादवले ब्रह्मा कुमारी राजयोग सेवा केन्द्रले मानव कल्याणको बाटो सिकाउने बताएका छन ।

कलैया उपमहानगरपालिका वार्ड नम्बर १ स्थिति ब्रह्माकुमारीको नवनिर्मित भवनको गृहप्रवेश कार्यक्रमको प्रमुख अतिथि रहेका यादवले मानवलाई सहयोग सद्भाव सुबिचारमा हिंड्न् ब्रम्ह कुमारी राजयोग सेवा केन्द्रले मानवलाई प्रेरणा बताए ।

मानवमा सकारात्मक भन्दा नकारात्मक विचार बढदै गएको ले ध्यान र तपस्याको माध्यमले सकारात्मक सोचको लागि औसधिको काम गर्ने गरेको उनले बताए ।
समाज परिवर्तनको लागि सहि बाटो ब्रह्माकुमारी विश्वव विधयालयले सिकाउने भएकोले जिल्लाका प्रत्येक बिधयालयका विद्यार्थीहरु लाई यो शिक्षा दिन अनिवार्य रहेको उक्त अवसरमा मधेस प्रदेश  पुर्व भौतिक पुर्वाधार बिकास मन्त्री जितेन्द्र सोनलले बताए । नैतिक शिक्षाको पढाई बन्द भएको अवस्था रहेकोले सबै बालबालिकालाई अनुशासनमा राखन यो उदगम सेन्टर हुने लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष समेत रहेका सोनलले बताए ।
रबिना दिदिको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पुर्व प्रदेशसभा सदस्य पारस साह,मधेस प्रदेशका पुर्व मन्त्री उषा यादव ,कलैया उपमहानगर पालिका का पुर्व मेयर राजेश यादव ,बिजयराज सिग्देल ,गुणराज भाइ,मिना दिदि पुर्णिामा बहन लगायतले शुभकामना दिए ।
कार्यक्रमको सन्चालन सुषमा बहनले गरेकी थिईन ।