१८ असोज, मटिअर्वा : चाडपर्व आएसँगै बाराको मटिअर्वा सिमानाकाबाट अवैध रुपमा तस्करी मौलाएको छ ।
सशस्त्र प्रहरीले रकममा लिप्त हुनथालेपछी मटिअर्वा नाकाबाट तस्करी मौलाएको हो ।
नेपाल प्रहरी चाडपर्व लक्षित सुरक्षा योजना बनाएर जिल्लामा शान्ति व्यवस्था कायमगर्न लागेको बेला सशस्त्र प्रहरी भने पैसा कमाउनमा लिप्त रहेको स्थानीयले आरोप लगाएका छन ।
सशस्त्र प्रहरीको प्रस्तावित सिमा सुरक्षा गुल्म मटिअर्वाका डीएसपी विदुर भट्टराईको आफैं तस्करहरुसँग उठबस गरेर लाईन दिएपछि मटिअर्वा नाका नेपाल र भारतका तस्करहरुको रजाइँ भएको छ ।
डीएसपी भट्टराई एनी हाउ पैसा कमाउ सोंचले कामगर्न थालेपछि मटिअर्वाबाट तस्करी व्यापक भएको हो ।
सशस्त्र प्रहरीको खुटामुनी क्याम्पकै अगाडि र पछाडिबाट तस्करहरु भारतको आदापुरबाट तस्करी गरिरहेको प्रत्यक्षदर्शीले बताएका छन ।
तस्करी दिउँसोको समयमा कम र रातिको समयमा तीब्र रुपमा हुने गरेको छ ।
राती ९ बजेदेखि बिहान ६ बजे सम्म सशस्त्र प्रहरीको कार्यालय छेउबाटै साइकल, मोटरसाइकल र ठेला तथा अटोगाडीमा तस्करी गर्ने गरेका छन ।
डीएसपी भट्टराईको निर्देशनपछि सिमानाकामा खटिएका सशस्त्र प्रहरीको जवान र हवलदारहरुपनी समान नियन्त्रणमा लिनुको सट्टा डीउटी खर्च लिने गरेका छन ।
डीएसपी भट्टराईको कार्यशैलीबाट केही सिपाहीहरुपनी असन्तुष्ट छन ।
अहिले मटिअर्वा नाका तस्करहरुकालागी स्वर्ग झैं भएको छ ।
नाकाबाट दैनिक कपडा, पाउडर दूध, जुत्ताचप्पल, हार्डवेयर, इलेक्ट्रोनिक पार्टस, मोटरपार्टस, भारतीय ब्रान्डका सूर्तीजन्य पदार्थ, रजनीगन्धा, स्पेयर पार्टस, भाँडाकुँडा, काजु, किसमिस, खानेतेल, चिनी लगायतका खाद्यान्न र कस्मेटिक तथा खेलकूदलगायतका सामग्रीहरु तस्करी भईरहेको एकजना सशस्त्र प्रहरी जवानले बताए ।
तस्करहरुले टेम्पु, ठेला, साइकल तथा मोटरसाइकल प्रयोग गरी झोला, बोरा र ब्यागमा तथा टाउकामै बोकेर पनि खुलमखुल्ला तस्करी गरिरहेको सीमाक्षेत्र स्थानीयहरुले बताएका छन ।
स्रोतका अनुसार बिरेन्द्र नाम गरेका तस्करको समुहले १० वटा मोटरसाईकलमा किराना समान तस्करी गर्न लाईन पाएका छन ।
नेशा नाम गरेकी महिलाको चारवटा वटा समुहले तीन वटा अटोमा अवैध रुपमा कपडा तस्करी गरिरहेका छन् ।
मुन्ना नाम गरेको व्यापारीले धानको तस्करीको लाईन पाएका छन ।
तस्करहरुले सशस्त्र प्रहरीका स्थानीय प्रहरी युनिट प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाका इन्चार्ज डिएसपी बिदुर भट्टराई देखि १२ नम्बर गण बाराका एसपी सन्तोषबहादुर सिंहसम्म सेटिङ्ग गरेर हरियो सिग्नल पाएसँगै तस्करीको काम धमाधम गरिरहेको स्थानीय स्रोतले जानकारी दिएको छ ।
१२ नम्बर गण बाराका एसपी सन्तोषबहादुर सिंहको भाग प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाका डिएसपी भट्टराईले उठाएर पठाउने गरेको स्रोतको दाबी छ।
डीएसपी भट्टराईले भने आफुले रकम नलिएको दाबीगर्दै आएर आफुलाई भेंटन बिश्वखबरलाई आग्रह गरे ।
सशस्त्र प्रहरीको १२ नम्बर गणको प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सिंहले आफू चेकजाँचमा जाँदा आफ्नो आँखाले तस्करी नदेखेको बताए । उनले आफुले कसैसँग रकम नलिएको दाबी गरे ।