आज एनपीएलमा निर्धारक दुई भिडन्त

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२०८२ मंसिर २०, काठमाडौं।
राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई रोमाञ्चक खेल निर्धारित छन्।

बिहान ११:१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्सविराटनगर किङ्ग्स आमनेसामने हुनेछन्।
सुदूरपश्चिम १२ अंकसहित पहिले नै पहिलो क्वालिफायर भित्रिसकेको छ, तर ८ अंक जोडेको विराटनगरका लागि आजको खेल जित्नैपर्ने प्रकारको छ। राम्रो रनरेटका साथ जित निकाल्न सके विराटनगरले पनि पहिलो क्वालिफायरमा स्थान बनाउनेछ, अन्यथा उसले लुम्बिनी लायन्ससँग इलिमिनेटर खेल्नु पर्नेछ।

दिउँसो ३:३० बजे हुने दोस्रो खेलमा चितवन राइनोजपोखरा एभेन्जर्स भिड्नेछन्।
दुवै टोली प्लेअफ दौडबाट बाहिरिइसकेकाले यो खेल प्रतिष्ठामात्राको प्रतिस्पर्धा हुने छ।

Leave a Comment