३ असार, अमेरिका : नेपालका लेगस्पिनर सन्दीप लामिछाने टी 20 क्रीकेटमा १ सय विकेट पूरा गर्ने पहिलो खेलाडी बनेका छन् ।
आईसीसी टी २० विश्वकप २०२४ मा बंगलादेशविरुद्ध दुई विकेट लिदै सन्दीपले ५३ औं खेलमा १ सय विकेट पूरा गरेका हुन् ।
१६ औं ओभरको तेस्रो बलमा जाकिर अलीलाई १२ रनमा बोल्ड गर्दै सन्दीपले १ सय विकेट पूरा गरे ।
नेपालबाट सन्दीपपछि करण केसीले ७० खेलमा ९० विकेट लिएका छन् । अभिनाश बोहराले ६२ खेलमा ७५ विकेट लिएका छन् । त्यस्तै सोमपाल कामीले ६८ खेलमा ६१ विकेट लिएका छन् ।