काठमाडौँ, फागुन ३ — आराध्यदेव भगवान् शिवको पूजाआराधनासहित महाशिवरात्रि पर्व आज देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ। फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा पर्ने परम्पराअनुसार यस वर्ष तिथि आइतबार रात परेकाले आजै महाशिवरात्रि मनाइएको ले जनाएको छ।
वैदिक सनातन हिन्दू परम्पराअनुसार भक्तजन बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा पूजाअर्चना र व्रत बस्ने गर्छन्। भगवान् शिवलाई प्रिय मानिने दूध, बेलपत्र र धतुरो चढाउने तथा रातभर जाग्राम बस्ने परम्परा छ। उपवास र रात्रिजागरणले सुख–शान्ति र मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।
महाशिवरात्रिको मुख्य आकर्षणस्थल क्षेत्रमा आज बिहान २ बजेदेखि नै चारै ढोका खुला गरिएको छ। लाखौँ भक्तजनको आगमन हुने अनुमानसहित ले विशेष सुरक्षा, दर्शन लाइन र पार्किङ व्यवस्थापन गरेको जनाएको छ।
दर्शनका लागि मित्रपार्क–गौरीघाट, बत्तीसपुतली–गौशाला–तिलगङ्गा र वनकाली क्षेत्रबाट मूल मन्दिर प्रवेश गर्ने तीन बाहिरी लाइन व्यवस्था गरिएको छ। परिसरभित्र उत्तर, दक्षिण र पश्चिमतर्फ छुट्टाछुट्टै भित्री लाइनमार्फत दर्शन गराइनेछ। सवारी पार्किङ सिफल, तिलगङ्गा, गुह्येश्वरीपारि, वनकालीलगायत स्थानमा मिलाइएको छ।
यस अवसरमा पशुपतिनाथमा चार प्रहरको विशेष पूजा, महादीप, अखण्डदीप, दीपोत्सव र बेलपत्र अर्पण गरिने कार्यक्रम छ। उपत्यकाका , लगायत देशभरका शिवालयमा पनि भक्तजनको भीड लागेको छ।
कोषका अनुसार पशुपति क्षेत्रमा तीन वर्षदेखि गाँजा, भाङ र धतुरोजस्ता लागुपदार्थ निषेध गरिएकामा यस वर्ष पनि कडाइ गरिएको छ। महाशिवरात्रिका दिन विगतमा झैँ यस वर्ष पनि १० लाखभन्दा बढी भक्तजन पशुपति पुग्ने अपेक्षा गरिएको छ।

