पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार हुँदै गएको छ। स्वास्थ्यमा समस्या देखिएपछि शनिबार ललितपुरस्थित मेडिसिटी अस्पताल मा भर्ना भएका उनलाई चिकित्सकले अझै एक–दुई दिन निगरानीमै राखेर उपचार गर्न सुझाव दिएका छन्।
प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्य का अनुसार हाल उनको स्वास्थ्यमा सकारात्मक सुधार देखिएको छ। रुघाखोकी, ज्वरो तथा हल्का निमोनियाको समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।
चिकित्सकहरूको निगरानीमा उपचार भइरहेका प्रचण्डको अवस्था अहिले स्थिर रहेको बताइएको छ। केही दिनयता अस्वस्थ महसुस गरिरहेका उनलाई शनिबार बिहान थप गाह्रो भएपछि अस्पताल लगिएको थियो।
यसैबीच रामप्रसाद सापकोटा ले पनि अस्पताल पुगेर प्रचण्डको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रचण्डको स्वास्थ्यमा सुधार भइरहेको उल्लेख गर्दै बाहिर फैलाइएका केही तस्बिर र अफवाहप्रति सचेत रहन आग्रह गरेका छन्।
उनका अनुसार प्रचण्डलाई हल्का निमोनियाबाहेक अन्य गम्भीर स्वास्थ्य समस्या नभएको र चिकित्सकको सल्लाहअनुसार केही दिन अस्पतालमै राखेर उपचार गरिनेछ।
प्रचण्डको स्वास्थ्यमा सुधार, चिकित्सकले अझै केही दिन अस्पतालमै राख्ने
Leave a Comment
Leave a Comment






