खैबर पख्तुनख्वाहमा आत्मघाती कार बम आक्रमण, १० सुरक्षाकर्मीको मृत्यु

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, फागुन ५ — पाकिस्तानको प्रान्तस्थित सैन्य चौकीमा भएको आत्मघाती कार बम विस्फोटमा कम्तीमा १० सुरक्षाकर्मीको ज्यान गएको छ भने केही अन्य घाइते भएका छन्।

बाजौर जिल्लाको मलंगी क्षेत्रमा रहेको सुरक्षा चौकीलाई लक्षित गरी विस्फोटक पदार्थले भरिएको सवारीसाधन ठोक्काएर विस्फोट गराइएको बताइएको छ। उक्त भवन पहिले मदरसा रहेको र पछि सुरक्षा चौकीका रूपमा प्रयोग हुँदै आएको थियो।

बीबीसी उर्दूका अनुसार मृत्यु हुनेमध्ये एक प्रहरी र नौ सैनिक रहेका छन्। घटनापछि सुरक्षा निकायले क्षेत्रलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

यस घटनाप्रति प्रान्तका मुख्यमन्त्री ले कडा निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। उनले आतंकवादी गतिविधिविरुद्ध कारबाही अझ कडा बनाइने बताएका छन्।

हालसम्म आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छैन। खैबर पख्तुनख्वाह क्षेत्रमा पछिल्ला वर्षहरूमा सुरक्षा चौकी र सरकारी संरचनामाथि हुने आक्रमणका घटना बढ्दै आएका छन्।

Leave a Comment