इरानसँगको युद्ध महँगो बन्दै, ६ दिनमै अमेरिकाले ११.३ अर्ब डलर खर्च

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

वासिङटन, फागुन २८ — इरानसँग जारी युद्धले अमेरिकालाई ठूलो आर्थिक भार परेको देखिएको छ। प्रारम्भिक विवरण अनुसार युद्ध सुरु भएको पहिलो ६ दिनमै अमेरिकाले करिब ११.३ अर्ब अमेरिकी डलर खर्च गरेको बताइएको छ।

समाचार संस्था का अनुसार अमेरिकी प्रशासनले सांसदहरूलाई दिएको गोप्य जानकारीमा युद्धका सुरुआती दुई दिनमै करिब ५.६ अर्ब डलर बराबरको हतियार प्रयोग भएको उल्लेख गरिएको छ। यो जानकारी अमेरिकी संसदमा भएको बन्द बैठकमा प्रस्तुत गरिएको बताइएको छ।

यद्यपि उक्त विवरणमा युद्धको सम्पूर्ण लागत समावेश नभएको बताइएको छ। युद्ध लम्बिँदै गए खर्च अझै धेरै बढ्न सक्ने अनुमान गरिएको छ।

अमेरिकी संसदका केही सदस्यहरूले युद्ध सञ्चालनका लागि प्रशासनले थप बजेट माग्न सक्ने सम्भावना व्यक्त गरेका छन्। कतिपय सांसदहरूले थप आवश्यक रकम ५० अर्ब डलरसम्म पुग्न सक्ने अनुमान गरेका छन्।

अमेरिकी राष्ट्रपति ले भने इरानसँगको संघर्षमा आफूहरूले सफलता हासिल गरेको दाबी गरेका छन्। उनले एक सार्वजनिक सभामा बोल्दै युद्धमा आफूहरूको नियन्त्रण रहेको बताएका थिए।

तर प्रशासनले युद्ध कहिलेसम्म जारी रहने र यसको अन्तिम खर्च कति हुने भन्ने विषयमा अझै स्पष्ट जानकारी दिएको छैन।

Leave a Comment