काठमाडौँ, २४ फागुन। प्रतिनिधिसभा निर्वाचनमा मधेश प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक सफलता हासिल गरेको छ। प्रदेशका ३२ निर्वाचन क्षेत्रमध्ये ३० सिटमा रास्वपाले जित निकाल्दै मधेशको राजनीतिमा नयाँ समीकरण बनाएको छ।
नेपाली कांग्रेसले रौतहट–२ बाट मात्रै जित निकाल्दै आफ्नो साख जोगाएको छ भने धनुषा–१ को नतिजा विवादका कारण अझै सार्वजनिक हुन सकेको छैन। अन्य अधिकांश क्षेत्रमा रास्वपाले भारी मतान्तरसहित विजय हासिल गरेको छ।
सप्तरी
सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा रास्वपाले जित हात पारेको छ।
सप्तरी–१ मा पुष्पाकुमारी चौधरी ३८ हजार १९५ मतसहित विजयी भइन्। उनका निकटतम प्रतिस्पर्धी स्वाभिमान पार्टीका सुमित कुमारले ७ हजार ८४७ मत पाए।
सप्तरी–२ मा रामजी यादव २८ हजार ४०४ मतसहित निर्वाचित भए। जसपा नेपालका उमेश यादव १४ हजार २७३ मतसहित दोस्रो भए भने जनमत पार्टीका डा. सिके राउत ९ हजार ८८० मतसहित तेस्रो स्थानमा रहे।
सप्तरी–३ मा अमरकान्त चौधरी ३२ हजार ८७५ मतसहित विजयी भए। जसपा नेपालका उपेन्द्र यादव १५ हजार २३९ मतसहित दोस्रो भए।
सप्तरी–४ मा सीतराम साह ३६ हजार ४१२ मत ल्याएर विजयी हुँदा कांग्रेसका तेजुलाल चौधरी १३ हजार १०३ मतसहित दोस्रो स्थानमा रहे।
सिरहा
सिरहाका चारवटै क्षेत्रमा पनि रास्वपाले जित निकालेको छ।
सिरहा–१ मा बब्लु यादव गुप्ता ४१ हजार ३२२ मतसहित निर्वाचित भए। कांग्रेसका रामसुन्दर चौधरी ९ हजार ७८४ मतसहित दोस्रो स्थानमा रहे।
सिरहा–२ मा शिवशंकर यादव ३९ हजार ५६१ मतसहित विजयी भए भने कांग्रेसका रामसन्द्री यादव १२ हजार ८०० मतसहित दोस्रो भए।
सिरहा–३ मा शम्भु कुमार यादव ३२ हजार ९४९ मतसहित विजयी भए। हिमालय दलका लीलानाथ श्रेष्ठ १० हजार १२६ मतसहित दोस्रो भए।
सिरहा–४ मा तपेश्वर यादव ३६ हजार २१० मतसहित निर्वाचित भए भने नेकपाका अजयशंकर नायक ७ हजार ९७९ मतसहित दोस्रो स्थानमा रहे।
धनुषा
धनुषा–१ को नतिजा विवादका कारण रोकिएको छ।
धनुषा–२ मा रामविनोद यादव ४१ हजार ६३७ मतसहित विजयी भए। कांग्रेसका दिनेश प्रसाद यादव परसैला १० हजार १९८ मतसहित दोस्रो भए।
धनुषा–३ मा मनिष झा ४३ हजार ९८८ मत ल्याएर निर्वाचित भए। कांग्रेसका विमलेन्द्र निधि १६ हजार ६५२ मतसहित दोस्रो स्थानमा रहे।
धनुषा–४ मा राजकिशोर महतो ४८ हजार २७० मतसहित विजयी भए। कांग्रेसका महेन्द्र यादव १५ हजार ८०९ मतसहित दोस्रो भए भने एमालेका रघुवीर महासेठ ११ हजार ५२९ मतसहित तेस्रो स्थानमा रहे।
सर्लाही
सर्लाहीका चारवटै क्षेत्रमा रास्वपाले जित हासिल गरेको छ।
सर्लाही–१ मा नीतिमा भण्डारी कार्की ४६ हजार १८१ मतसहित विजयी भइन्। कांग्रेसका शम्भुलाल श्रेष्ठ ७ हजार ८७१ मतसहित दोस्रो भए।
सर्लाही–२ मा रविन महतो ४२ हजार ५१२ मतसहित निर्वाचित भए। नेकपाका महेन्द्र राय यादव ८ हजार ५२३ मतसहित दोस्रो भए।
सर्लाही–३ मा नरेन्द्र साह कलवार ४६ हजार ८९० मतसहित विजयी भए भने नेकपाका नारायणकाजी श्रेष्ठ १३ हजार ३३८ मतसहित दोस्रो भए।
सर्लाही–४ मा अमरेश कुमार सिंह ३५ हजार ६२८ मतसहित विजयी भए। कांग्रेसका गगन थापा २२ हजार ८३१ मतसहित दोस्रो स्थानमा रहे।
महोत्तरी
महोत्तरीका चारवटै क्षेत्रमा पनि रास्वपाले जित हात पारेको छ।
महोत्तरी–१ मा प्रमोद कुमार महतो ३४ हजार ६३६ मतसहित विजयी भए। नेकपाका गिरिराजमणि पोखरेल १२ हजार ६२४ मतसहित दोस्रो भए।
महोत्तरी–२ मा दीपक कुमार साह ३२ हजार ७२२ मतसहित निर्वाचित भए। जसपा नेपालका शरत सिंह १० हजार १९८ मतसहित दोस्रो स्थानमा रहे।
महोत्तरी–३ मा उज्ज्वलकुमार झा ३२ हजार ४१५ मतसहित विजयी भए। संघीय समाजवादी पार्टीका मोहम्मद रिजवान अन्सारी ५ हजार ९६९ मतसहित दोस्रो भए।
महोत्तरी–४ मा गौरी कुमारी ३० हजार १३२ मतसहित विजयी भइन् भने जसपा नेपालका सुरेन्द्र यादव ८ हजार ७४२ मतसहित दोस्रो स्थानमा रहे।
रौतहट
रौतहटका चारमध्ये तीन क्षेत्रमा रास्वपाले जित निकालेको छ।
रौतहट–१ मा राजेश कुमार चौधरी २८ हजार ९४६ मतसहित विजयी भए। एमालेका अजय कुमार गुप्ता १० हजार ६९३ मतसहित दोस्रो भए।
रौतहट–२ मा कांग्रेसका मोहम्मद फिरदोश आलम २९ हजार ५२८ मतसहित विजयी भए। नेकपाका किरण कुमार साह १८ हजार ४४२ मतसहित दोस्रो भए।
रौतहट–३ मा रविन्द्र पटेल २७ हजार ३१८ मतसहित निर्वाचित भए। जसपा नेपालका गोविन्द चौधरी ११ हजार ९५४ मतसहित दोस्रो भए।
रौतहट–४ मा गणेश पौडेल ३६ हजार ८७६ मतसहित विजयी भए। कांग्रेसका देवप्रसाद तिमलसेना १५ हजार ८६५ मतसहित दोस्रो स्थानमा रहे।
बारा
बाराका चारमध्ये तीन क्षेत्रमा रास्वपाले जित हात पारेको छ।
बारा–१ मा गणेश भिमल ३९ हजार ९९८ मतसहित विजयी भए। कांग्रेसका शम्भुबहादुर गुरुङ १४ हजार २२३ मतसहित दोस्रो भए।
बारा–२ मा चन्दन कुमार सिंह ३५ हजार ५९० मतसहित निर्वाचित भए। जसपा नेपालका रामकिशोर यादव १४ हजार १९६ मतसहित दोस्रो भए।
बारा–३ मा अरविन्द साह ४० हजार ६९६ मतसहित विजयी भए। कांग्रेसका फर्मुल्लाह मन्सूर १० हजार ५२ मतसहित दोस्रो स्थानमा रहे।
बारा–४ मा रहबर अन्सारी ४१ हजार २०० मतसहित निर्वाचित भए। एमालेका कृष्णकुमार श्रेष्ठ (किसान) ११ हजार ६३९ मतसहित दोस्रो भए।
पर्सा
पर्साका चारवटै क्षेत्रमा रास्वपाले विजय हासिल गरेको छ।
पर्सा–१ मा बुद्धिप्रसाद पन्थ ‘हरि’ २७ हजार २७४ मतसहित विजयी भए। एमालेका प्रदीप यादव १३ हजार ३० मतसहित दोस्रो भए।
पर्सा–२ मा सुशील कुमार साह कानु ३० हजार ७४० मतसहित निर्वाचित भए। कांग्रेसका अजय कुमार चौधरी ११ हजार ८९० मतसहित दोस्रो भए।
पर्सा–३ मा रमाकान्त प्रसाद चौधरी २९ हजार ६७९ मतसहित विजयी भए। कांग्रेसका सुरेन्द्र प्रसाद चौधरी १६ हजार ३६६ मतसहित दोस्रो भए।
पर्सा–४ मा टेकबहादुर साखे २८ हजार ६०० मतसहित निर्वाचित भए। कांग्रेसका रमेश रिजाल १२ हजार ५३४ मतसहित दोस्रो स्थानमा रहे।
यस नतिजाले मधेश प्रदेशमा नयाँ राजनीतिक शक्तिको उदय भएको देखिएको छ। परम्परागत दलहरू कमजोर बन्दै जाँदा रास्वपाले व्यापक जनसमर्थन प्राप्त गर्दै प्रदेशमा बलियो उपस्थिति बनाएको विश्लेषण गरिएको छ।

