एनपीएलमा आज लुम्बिनी र काठमाडौं आमनेसामने, शीर्षस्थान जोगाउने लक्ष्यमा लुम्बिनी

पढ्न लाग्ने समय : 1 मिनेट
default

काठमाडौं, २१ कात्तिक। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज लुम्बिनी लायन्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलमा दुवै टोली जित निकाल्दै प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यका साथ मैदान उत्रनेछन्।

जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको लुम्बिनी लायन्स चार खेलबाट तीन जित र एक बराबरीसहित ७ अंक जोडेर अंकतालिकाको शीर्षस्थानमा छ। आजको खेल जित्दै लुम्बिनी आफ्नो अग्रता कायम राख्न चाहन्छ।

यता काठमाडौं गोर्खाजले तीन खेलबाट दुई जित र एक हारसहित ४ अंक जोडेको छ। अंकतालिकाको चौथो स्थानमा रहेको काठमाडौं पनि लुम्बिनीलाई पराजित गर्दै आफ्नो स्थान सुधार गर्ने दाउमा हुनेछ।

यसअघि एनपीएलका दुई टोलीबीच भएका तीन खेलमध्ये काठमाडौं गोर्खाजले दुई खेल जितेको छ भने लुम्बिनी लायन्सले एक खेल आफ्नो पक्षमा पारेको छ।

आजको प्रतिस्पर्धामा लुम्बिनी आफ्नो शीर्षस्थान जोगाउने प्रयासमा हुनेछ भने काठमाडौं विगतको जितको लयलाई निरन्तरता दिँदै अंकतालिकामा अघि बढ्न चाहन्छ।

Leave a Comment