बाथरुममा लडेर घाइते भएका पाकिस्तानका पूर्वसेना प्रमुख कमर जावेद बाजवाको निधन

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, १५ चैत २०८२ – पाकिस्तानका पूर्वसेना प्रमुख कमर जावेद बाजवाको ६५ वर्षको उमेरमा निधन भएको छ।

गत महिना आफ्नै घरको बाथरुममा चिप्लिएर लड्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो। त्यसपछि उनलाई रावलपिन्डीस्थित सैन्य अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो।

डाक्टरहरूले शल्यक्रिया सफल भएको बताएका भए पनि पछि उनको अवस्था जटिल बन्दै गएको थियो। अन्ततः उपचारकै क्रममा शनिबार उनको निधन भएको हो।

बाजवा सन् २०१६ देखि २०२२ सम्म पाकिस्तानको सेना प्रमुख थिए। अवकाशपछि पनि उनी पाकिस्तानको राजनीति र सुरक्षा मामिलामा प्रभावशाली व्यक्तिका रूपमा चिनिन्थे।

Leave a Comment