१६ चैत,काठमाडौं — अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध नेकपा एमालेले काठमाडौंमा प्रदर्शन जारी राखेको छ।
शनिबारदेखि सुरु भएको विरोध कार्यक्रमअन्तर्गत आइतबार पनि माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरसम्म पुगेको छ। पार्टीको बागमती प्रदेश कमिटीको आह्वानमा आयोजना गरिएको प्रदर्शनमा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको छ।
प्रदर्शनकारीहरूले ‘प्रतिशोधको राजनीति अन्त्य गर’ र ‘अध्यक्षलाई रिहाइ गर’ लगायतका नारा लगाएका छन्। एमालेले ओली पक्राउ भएको दिनदेखि नै निरन्तर विरोध कार्यक्रम गर्दै आएको जनाएको छ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घटेको घटनामा तत्कालीन प्रधानमन्त्रीका रूपमा जिम्मेवार ठहर गर्दै जाँचबुझ आयोगले अनुसन्धान अघि बढाउन सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

