काठमाडौं, चैत २० । इरानसँगको युद्ध अमेरिकाका लागि महंगो बन्दै गएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार युद्ध सुरु भएको छ दिनपछि मात्रै अमेरिकाले करिब ११.३ अर्ब डलर खर्च गरिसकेको जानकारी पेन्टागनले सांसदहरूलाई दिएको थियो ।
बीबीसीका अनुसार युद्धका क्रममा सयौं टमहक मिसाइल प्रयोग गरिएको छ, जसको प्रति मिसाइल मूल्य करिब ३५ लाख डलर पर्छ । युद्ध लम्बिँदै जाँदा दैनिक खर्च फरक–फरक भए पनि समग्र खर्च उच्च नै रहेको बताइएको छ ।
अमेरिकी अधिकारीहरूले हाल खर्चमा केही कमी आएको दाबी गरेका छन् । तर, विज्ञहरूका अनुसार अहिले पनि अमेरिकाले दैनिक झण्डै ३८५ मिलियन डलर खर्च गरिरहेको अनुमान गरिएको छ ।
यस्तै, अमेरिकी रक्षा विभागले इरानबाट हुने ड्रोन तथा मिसाइल आक्रमणमा करिब ९० प्रतिशत कमी आएको जनाएको छ ।

