होर्मुज स्ट्रेटमा ट्रम्पले सुरु गरे नाकाबन्दी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, वैशाख १ — अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प ले मध्यपूर्वस्थित महत्वपूर्ण जलमार्ग होर्मुज स्ट्रेट मा नाकाबन्दी सुरु गरेका छन्।

अमेरिकी समयअनुसार सोमबार बिहान १० बजेदेखि लागू गरिएको उक्त नाकाबन्दीअन्तर्गत सो क्षेत्रमा प्रवेश गर्ने कुनै पनि इरानी जहाजमाथि कडा निगरानी गरिने जनाइएको छ। ट्रम्पले नाकाबन्दी नजिक आउने जहाजलाई आवश्यक परे तुरुन्तै नष्ट गरिने चेतावनी दिएका छन्।

उनका अनुसार लागुपदार्थ तस्करी नियन्त्रणमा प्रयोग गरिने शैलीअनुसार नै “द्रुत र कडा कारबाही” गरिनेछ। यस निर्णयअन्तर्गत होर्मुज स्ट्रेट पार गर्न खोज्ने सबै जहाजलाई रोकिने र विस्तृत निरीक्षण गरिने व्यवस्था गरिएको छ।

विशेषगरी इरान लाई शुल्क तिरेका जहाजहरूलाई लक्षित गरी थप निगरानी गरिने अमेरिकी पक्षले जनाएको छ।

विश्वको अत्यन्त महत्वपूर्ण तेल आपूर्ति मार्गका रूपमा चिनिने होर्मुज स्ट्रेटमा यस्तो कदमले अन्तर्राष्ट्रिय व्यापार र सुरक्षामा असर पर्ने विश्लेषण गरिएको छ।

Leave a Comment