काठमाडौं — नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले पराजित गर्दै रोमाञ्चक जित दर्ता गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदानमा भएको खेलमा युएईले नेपाललाई जितका लागि १२९ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य नेपालले १५.५ ओभरमै मात्र २ विकेट गुमाएर सहज रूपमा पूरा गर्यो।
नेपालको जितमा कुशल भुर्तेल नायक बने। उनले ५७ बलमा १२ चौका र २ छक्का प्रहार गर्दै अविजित ८४ रनको शानदार इनिङ्स खेले। कप्तान दीपेन्द्र सिंह ऐरीले पनि अविजित २३ रनको योगदान दिए। कुशल मल्लले १९ रन बनाए भने सन्तोष यादव १ रनमा आउट भए।
युएईका बलर नीलांश केसवानी र मुहम्मद अरफानले समान १–१ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको थियो। युएईका लागि अक्षदीप नाथले अविजित ५३ रन र मुहम्मद अरफानले ३२ रन बनाए।
नेपालका बलरमध्ये सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा मात्र ६ रन खर्चेर ३ विकेट लिए। हेमन्त धामीले २ विकेट हात पारे भने नन्दन यादव र शाहब आलमले समान १–१ विकेट लिए।
दुई खेलको सिरिजमा दुबै टोलीले एक–एक जित हात पारेका छन्। पहिलो खेलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको थियो।
नेपालले युएईलाई ८ विकेटले हरायो, कुशल भुर्तेलको विस्फोटक अर्धशतक
Leave a Comment
Leave a Comment

