वीरगञ्ज, साउन १४ — पर्सा प्रशासनले वीरगञ्जका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको निर्णयपछि प्रशासनले बिहीबार साँझदेखि लागू हुने गरी निषेधाज्ञा आदेश जारी गरेको हो।
जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म वीरगञ्ज महानगरपालिकाका तोकिएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाउने व्यवस्था गरिएको छ।
यस अवधिमा सभा, जुलुस, प्रदर्शन तथा अन्य किसिमका भीडभाडजन्य गतिविधि गर्न समेत रोक लगाइएको छ।
प्रशासनले निषेधाज्ञा लागू हुने क्षेत्रको सीमाना पूर्वतर्फ प्रतिमा चोक र बसपार्क बाइपास रोड, पश्चिमतर्फ तिलावे पुल, उत्तरतर्फ गण्डक चोक तथा दक्षिणतर्फ शंकराचार्य गेटसम्म निर्धारण गरेको छ।
सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन र सम्भावित अप्रिय घटना रोक्न निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ। प्रशासनले सबै नागरिकलाई आदेशको पालना गरी शान्ति सुरक्षामा सहयोग गर्न आग्रह गरेको छ।
वीरगञ्जमा निषेधाज्ञा लागू, संवेदनशील क्षेत्रमा भीडभाड गर्न रोक
Leave a Comment
Leave a Comment

