कप्तानगञ्ज घटनामा सरकार–पीडितबीच ७ बुँदे सहमति, आजै अन्त्येष्टि गरिने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

विराटनगर, साउन १५ — सुनसरीको कप्तानगञ्जमा प्रहरीको गोली लागेर दुई युवाको मृत्यु भएको घटनापछि नेपाल सरकार र पीडित परिवारबीच सात बुँदे सहमति भएको छ।
गएराति भएको वार्तापछि सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङ तथा मृतक ओमप्रकाश मेहताका अभिभावक कृष्णदेव मेहता र जयप्रकाश मेहताका अभिभावक नरेश मेहताबीच सहमति पत्रमा हस्ताक्षर भएको हो।
सहमतिअनुसार दुवै मृतकको आजै अन्त्येष्टि गरिने भएको छ। साथै घटनाको निष्पक्ष छानबिन गर्ने, दोषीमाथि कानुनी कारबाही अघि बढाउने तथा पीडित परिवारका माग सम्बोधन गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको जनाइएको छ।
सरकार र पीडित पक्षबीच भएको यो सहमतिसँगै केही दिनदेखि जारी तनाव साम्य हुने अपेक्षा गरिएको छ। सात बुँदे सहमतिको पूर्ण विवरण सम्बन्धित निकायले सार्वजनिक गर्ने जनाएको छ।

Leave a Comment