काठमाडौँ — सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान यथास्थानमै राख्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँको महाराजगञ्जमा रहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान नसार्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार प्रतिष्ठान रहेको जग्गा पूर्ववत् रूपमा सोही संस्थाले प्रयोग गर्ने गरी निर्णय गरिएको छ।
यसअघि २०७५ भदौ १ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार उक्त प्रतिष्ठानको करिब ११४ रोपनी ३ आना जग्गा राष्ट्रपतिको कार्यालय को नाममा हस्तान्तरण गर्ने निर्णय गरिएको थियो। तर पछिल्लो निर्णयले सो व्यवस्था खारेज गर्दै प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरिएको हो।
सरकारको यो निर्णयसँगै प्रहरी प्रशिक्षणसम्बन्धी संरचना यथावत् रहने भएको छ।
महाराजगञ्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठान नसार्ने सरकारको निर्णय
Leave a Comment
Leave a Comment

