विदेशी नागरिकता लिएका १७ चिकित्सकको लाइसेन्स खारेज

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ — नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता परित्याग गरी विदेशी नागरिकता लिएका १७ जना चिकित्सकको मेडिकल लाइसेन्स खारेज गरेको छ।
काउन्सिलले जारी गरेको सूचनाअनुसार नेपाली मेडिकल काउन्सिल ऐन, सम्बन्धित नियमावली तथा नेपाली नागरिकता ऐनअनुसार उनीहरूको दर्ता रद्द गरिएको हो। विदेशी नागरिकता लिएका व्यक्तिहरूलाई काउन्सिलको दर्ता कायम राख्न नमिल्ने व्यवस्था अनुसार उनीहरूको नाम दर्ता किताबबाट हटाइएको जनाइएको छ।
लाइसेन्स खारेज हुने चिकित्सकहरूमा डा. शर्मिला गुरुङ, डा. रोशन भुषाल, डा. मोति गुरुङ, डा. देवराज रेग्मी, डा. मेरिना गुरुङ, डा. निरन्जनदेव पाण्डे, डा. रोजन केसी, डा. ममता गुरुङ, डा. राजिब हमाल, डा. सलुजा सिंह थारू, डा. सुजना केसी, डा. जोस्ना शाही, डा. मनिषा हमाल, डा. सुप्रिया शाक्य, डा. इच्छा न्यौपाने, डा. दिपेन ढकाल र डा. तुषार सरवजना रहेका छन्।
काउन्सिलका अनुसार ती चिकित्सकहरूले भारत, बेलायत, अमेरिका, अष्ट्रेलिया तथा हङकङको नागरिकता लिएका छन्। यस निर्णयसँगै उनीहरू अब नेपालमा चिकित्सकीय अभ्यास गर्न अयोग्य भएका छन्।

Leave a Comment