पर्सा, २३ कात्तिक। पर्सामा पटका पड्काउने क्रममा फलामको पाइपबाट निस्किएको छर्रा लागेर ८ वर्षीय बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा पकाहामैनपुर गाउँपालिका–२ निवासी ८ वर्षीय कुन्दन सहनी रहेका छन्।
प्रहरीका अनुसार सोमबार बिहान करिब ८ बजे आफ्नै घरअगाडि पटका पड्काउने क्रममा बालक सहनी गम्भीर घाइते भएका थिए। उनले फलामको पाइपभित्र पटका राखेर पड्काउँदा पाइपको दुवै छेउबाट निस्किएको छर्रा उनको छातीको बीच भागमा लागेको थियो।
घाइते बालकलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएको थियो। तर, चिकित्सकले बिहान ८ः४५ बजे उनलाई मृत घोषणा गरेका थिए।
पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले घटनाको पुष्टि गर्दै पटका पड्काउने क्रममा फलामको पाइपबाट निस्किएको छर्रा लागेर बालकको मृत्यु भएको जानकारी दिएका छन्।
पटका पड्काउँदा फलामको पाइपबाट निस्किएको छर्रा लागेर ८ वर्षीय बालकको मृत्यु
Leave a Comment
Leave a Comment

