लुसिफर’ गीतसँगै रोमान्टिक मुडमा प्रधानमन्त्री बालेन, सामाजिक सञ्जालमा तस्वीर भाइरल

पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) तिहारको बिदामा फरक र रोमान्टिक शैलीमा देखिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लोकप्रिय ‘लुसिफर’ गीतसँगै आफ्नो तस्वीर सार्वजनिक गरेपछि उक्त तस्वीर चर्चाको विषय बनेको छ।
तस्वीरमा प्रधानमन्त्री बालेन एक हातले कपाल सुम्सुम्याउँदै रोमान्टिक तथा निश्चिन्त मुद्रामा देखिएका छन्। कालो पहिरन, कालो चस्मा र हल्का बढेको दाह्री–कपालमा उनको फरक शैली देखिन्छ।
उनले तस्वीरसँग कुनै लिखित स्टाटस राखेका छैनन्। पृष्ठभूमिमा ‘लुसिफर’ गीत राख्दै क्याप्सनमा मुस्कान झल्काउने इमोजी मात्र प्रयोग गरेका छन्।
प्रधानमन्त्रीको उक्त तस्वीरमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। कतिपयले उनको शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचनात्मक टिप्पणीसमेत गरेका छन्।
तस्वीर सार्वजनिक भएको करिब दुई घण्टामै २ लाख ४६ हजारभन्दा बढी लाइक, ३३ हजारभन्दा बढी कमेन्ट र १ हजार ७ सयभन्दा बढी शेयर प्राप्त भएको थियो। प्रधानमन्त्री बालेनको यो तस्वीर अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।

Leave a Comment