अमेरिकी मध्यावधि निर्वाचनको नतिजामाथि ट्रम्पको प्रश्न, निष्पक्षतामै उठाए शंका

पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, कात्तिक २४। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाउँदै निर्वाचन प्रक्रियाको निष्पक्षतामाथि प्रश्न उठाएका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत निर्वाचनअघि सार्वजनिक भएका सर्वेक्षण र वास्तविक मतपरिणामबीच देखिएको ठूलो अन्तरप्रति आश्चर्य व्यक्त गरेका छन्। उनले निर्वाचन साँच्चिकै निष्पक्ष भएको हो कि होइन भन्ने प्रश्नसमेत गरेका छन्।

सोमबार प्रारम्भिक मतगणना भइरहेका बेला केही निर्वाचन क्षेत्रमा मतान्तर निकै ठूलो देखिएको उल्लेख गर्दै ट्रम्पले यति धेरै मतदाताले मतदान गरे पनि जित हासिल गर्न कठिन हुने अवस्था देखिएको टिप्पणी गरेका छन्।
उनले निर्वाचनमा मतदाताको सहभागिताभन्दा पनि निर्वाचनमा प्रयोग हुने मेसिनहरूको भूमिका बढी महत्त्वपूर्ण बन्दै गएको आशयसमेत व्यक्त गरेका छन्।
गत नोभेम्बर ३ मा अमेरिकामा सम्पन्न मध्यावधि निर्वाचनमा ट्रम्पको रिपब्लिकन पार्टीले पराजय बेहोरेको थियो। निर्वाचनपछि अमेरिकी संसद् कंग्रेसका दुवै सदनमा विपक्षी डेमोक्र्याटिक पार्टीले बहुमत हासिल गरेको छ।
निर्वाचनमा पराजयपछि ट्रम्पले उठाएको प्रश्नले अमेरिकी निर्वाचन प्रणालीको निष्पक्षता र विश्वसनीयताबारे पुनः बहस सिर्जना गरेको छ।

Leave a Comment