बैंकिङ कसुर मुद्दामा सुकुमवासी नेता नारायण परियार पक्राउ

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ — नारायण परियार (परिश्रमी) लाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेको छ। उनी सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईका अनुसार उक्त मुद्दामा फरार रहेपछि परियारलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको हो।
प्रहरीका अनुसार परियारमाथि यसअघि पनि सुकुमवासी बस्ती हटाउने क्रममा प्रहरीसँग झडप भएको घटनामा संलग्नताको आरोप लागेको थियो।
सरकारले सुकुमवासी बस्ती व्यवस्थापनसम्बन्धी निर्णय कार्यान्वयन गरिरहेको सन्दर्भमा उनको पक्राउलाई त्यससँग जोडेर पनि विश्लेषण गरिएको छ।

Leave a Comment