काठमाडौं, वैशाख १२ — देशका विभिन्न भागमा आज मौसम आंशिकदेखि सामान्य बदली रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण केही स्थानमा वर्षा र चट्याङको सम्भावना देखिएको हो।
हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहेको छ भने अन्य पहाडी तथा हिमाली भागमा आंशिक बदली देखिएको छ। तराई क्षेत्रमा भने मौसम प्रायः सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही पहाडी तथा हिमाली स्थानहरूमा तथा मधेशसहित अन्य प्रदेशका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।
आज राति पनि हिमाली क्षेत्रमा बदली कायमै रहनेछ भने पहाड र तराईमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ।
यसैबीच, देशका अधिकांश स्थानमा तापक्रम बिस्तारै बढ्दै जाने देखिएको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई तथा उपत्यकामा गर्मी बढ्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ।
देशभर आंशिक बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना
Leave a Comment
Leave a Comment

