विकल पौडेल र एलिना बस्नेतविरुद्ध झन्डै ६९ करोड बिग मागसहित मुद्दा दर्ता

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ : विदेशी विनिमय अपचलन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा विकल पौडेल र उनकी श्रीमती एलिना बस्नेत विरुद्ध ६८ करोड ९४ लाख रुपैयाँ बिगो माग दावीसहित मुद्दा दर्ता गरिएको छ।
राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानका आधारमा उनीहरूले अवैध रूपमा विदेशी मुद्रा कारोबार गरी गैरकानुनी आम्दानीलाई वैध बनाउने प्रयास गरेको निष्कर्ष निकालेको हो। सोही प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो।
अनुसन्धानअनुसार पौडेलमाथि मात्रै ६२ करोड ६५ लाख ९१ हजार ८९३ रुपैयाँ बराबरको बिगो कायम गरिएको छ। बाँकी रकमसहित कुल बिगो ६८ करोड ९४ लाख रुपैयाँ दाबी गरिएको अभियोजनमा उल्लेख छ।
सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक रहिसकेका पौडेलमाथि सरकारी जिम्मेवारीमा रहँदा गैरकानुनी आर्थिक गतिविधिमा संलग्न भएको आरोप छ। अब यो प्रकरणमा अदालतमा सुनुवाइ प्रक्रिया अघि बढ्नेछ।

Leave a Comment