मदन–आश्रित दिवसको तयारीमा एमाले सचिवालय बैठक सर्‍यो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) ले आजका लागि तय गरेको केन्द्रीय सचिवालय बैठक सोमबारसम्मका लागि स्थगित गरेको छ।
पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक सोमबार अध्यक्ष केपी शर्मा ओली को भक्तपुरस्थित गुन्डु निवासमा बस्नेछ।
आइतबार मनाइने मदन–आश्रित दिवसको तयारीमा नेताहरू व्यस्त हुनुपर्ने भएकाले बैठक सारिएको एमालेले जनाएको छ।
बैठकमा पार्टीभित्रको नयाँ कार्यविभाजन, संगठनात्मक जिम्मेवारी हेरफेर तथा पछिल्लो उपनिर्वाचनको समीक्षा मुख्य एजेन्डा रहने बताइएको छ। उपनिर्वाचनमा अपेक्षाअनुसार परिणाम आउन नसकेको भन्दै पार्टीभित्र नेतृत्वको भूमिकामाथि समेत प्रश्न उठिरहेका छन्।

Leave a Comment