२७ चैत २०८२, शुक्रबार,काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रूबी कुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ।
सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बसेको बैठकले ठाकुरलाई मतदान गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।
बैठकमा प्रधानमन्त्री समेत रहेका संसदीय दलका नेता बालेन शाह, पार्टी सभापति रवि लामिछाने लगायत सहभागी भएका थिए।
उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी रूबी कुमारी ठाकुर र राप्रपाकी सरस्वती लामा उम्मेदवार रहेका छन्।
२५ वर्षीया ठाकुरले बिहीबार रास्वपाको समर्थनमा उम्मेदवारी दर्ता गराएकी थिइन्।
प्रतिनिधि सभामा रास्वपाको बलियो उपस्थिति भएकाले उनको उपसभामुखमा निर्वाचित हुने सम्भावना बलियो देखिएको छ।

