काठमाडौं — निरन्तर वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि बनेपा–सिन्धुली–बर्दिबास सडकखण्ड (BP Highway) पुनः अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शनिबार बिहान जोखिम उच्च देखिएपछि खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी हुँदै चल्ने सवारीसाधनलाई रोक लगाइएको छ।
त्यसैगरी, पहिरोको जोखिमका कारण हिल्सा–सिमकोट सडक पनि पूर्ण रूपमा बन्द गरिएको छ।
यस्तै, बाढी र पहिरोका कारण भोजपुरस्थित मध्यपहाडी राजमार्ग र म्याग्दीको बेनी–जोमसोम सडकखण्डमा भने एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
अधिकारीहरूले जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न र अत्यावश्यक अवस्थामा मात्र सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेका छन्।
बाढी–पहिरो जोखिम बढेपछि बीपी राजमार्गसहित मुख्य सडकहरू अवरुद्ध
Leave a Comment
Leave a Comment







