खामेनीको अन्त्येष्टिअघि इरानको कडा चेतावनी, ‘हत्यारासँग बदला लिने’ घोषणा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं — इरानले आफ्ना पूर्वसर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्युको बदला लिने घोषणा गरेको छ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले खामेनीको ‘रगतको बदला’ लिइने बताएको हो। परिषद्का सचिव मोहम्मद बाकर जोल्कदरको हस्ताक्षरसहित जारी विज्ञप्तिमा खामेनीको हत्यामा संलग्न भनिएका व्यक्तिहरूविरुद्ध कारबाही गर्ने उल्लेख गरिएको छ।
इरानी सञ्चारमाध्यमका अनुसार उक्त सन्देश सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरिएको हो।
इरानले गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले गरेको संयुक्त हवाई आक्रमणमा तत्कालीन सर्वोच्च नेता खामेनीसहित उच्च तहका अधिकारीहरू मारिएको दाबी गर्दै आएको छ।
खामेनीको अन्त्येष्टि कार्यक्रम जुलाई ४ देखि ८ सम्म तेहरान, कोम र मसहदमा आयोजना हुने जनाइएको छ। इराकका बगदाद, काजमिन, करबला र नजफमा पनि शोक कार्यक्रम हुने बताइएको छ।
यता, कतारको दोहामा अमेरिका र इरानबीच अप्रत्यक्ष वार्ता जारी छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता सकारात्मक रहेको दाबी गरेका छन्।

Leave a Comment