प्रमुख अतिथि सांसद हरि पन्तले नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउँदै लैजाने बताएका छन्।
उनले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्धमा कुनै किसिमको खलल आउन नदिने प्रतिबद्धता व्यक्त गरे।
भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय महावाणिज्य दूतावास बिरगंजद्वार बिरगंज टाउन हलमाआयोजित सांगीतिक कार्यक्रममा अवसरमा सम्बोधन गर्दै वहाले यस्तो बताएका थिए।
सांसद पन्तले नेपाल र भारतबीचको सम्बन्ध लामो समयदेखि कायम रहेको उल्लेख गर्दै आपसी सद्भाव र सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवले नेपाल र भारतबीचको ‘रोटीबेटी’ सम्बन्धलाई कसैले तोड्न नसक्ने बताए। भाषा, रहनसहन, संस्कृति तथा भेषभूषामा समेत समानता रहेकाले दुई देशका नागरिकबीचको सम्बन्ध विशेष रहेको उनको भनाइ थियो।
भारतीय महावाणिज्यदूत डी.एस. मीनाले भारतले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारका क्षेत्रमा लामो समयदेखि सहयोग गर्दै आएको बताए।
डी.एस. मीनाको अध्यक्षतामा भएको कार्यक्रममा सांसद हरि पन्त, महागढीमाई नगरप्रमुख उपेन्द्रप्रसाद यादवसहित विभिन्न व्यक्तिको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन विश्वेश्वरप्रसाद यादवले गरेका थिए।
कार्यक्रममा भारतीय कलाकार राजेश पाण्डेको समूहले हिन्दी तथा नेपाली गीत प्रस्तुत गरेको थियो।

