काठमाडौँ, असोज १५-नेपाली कांग्रेसको महाधिवेशन आयोजना गर्ने तयारीबारे शेरबहादुर देउवा समूहले निर्वाचन आयोगलाई पठाएको पत्र आयोगले अभिलेखमा राखेको छ।
देउवा समूहले बिहीबारदेखि सुरु हुने वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनसम्मको प्रस्तावित कार्यतालिकासहितको विवरण बुधबार निर्वाचन आयोगमा पठाएको थियो।
आयोगका अनुसार राजनीतिक दलका गतिविधिसँग सम्बन्धित पत्र प्राप्त भएपछि त्यसलाई प्रशासनिक प्रक्रियाअनुसार दर्ता तथा अभिलेखीकरण गर्ने गरिन्छ। सोही प्रक्रियाअनुसार देउवा समूहबाट प्राप्त महाधिवेशनसम्बन्धी पत्र पनि आयोगले अभिलेखमा राखेको हो।
महाधिवेशनको कार्यतालिका र तयारीबारे जानकारीसहित पठाइएको पत्रलाई आयोगले दर्ता गरे पनि यसलाई महाधिवेशनका विषयमा आयोगले गरेको छुट्टै निर्णयका रूपमा नलिनुपर्ने आयोगको भनाइ छ।
देउवा समूहले वडा अधिवेशनदेखि क्रमशः माथिल्ला तहका अधिवेशन हुँदै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका अघि सारेको छ।
देउवा समूहको महाधिवेशनसम्बन्धी पत्र निर्वाचन आयोगको अभिलेखमा
Leave a Comment
Leave a Comment

