करणको संघर्ष खेर गयो, ४६औँ ओभरमै अलआउट भयो नेपाल

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

नेपालले आईसीसी लिग–२ अन्तर्गतको खेलमा करणको संघर्षपूर्ण ब्याटिङका बाबजुद इनिङ्सलाई अन्तिमसम्म अघि बढाउन सकेन। ४६औँ ओभरमै लगातार तीन विकेट गुमाएपछि नेपाली टोली अलआउट भएको हो।

करणले एक छेउबाट इनिङ्स सम्हाल्दै टोलीलाई अघि बढाउने प्रयास गरेका थिए। तर, क्यानडाका बलरले लगातार विकेट लिएपछि नेपालको ब्याटिङ धराशायी बन्यो।
क्यानडाका शिल पटेलले नन्दन यादव र ललित राजवंशीलाई आउट गरे। त्यसैगरी सन्दीप लामिछाने रनआउट भएपछि नेपालको इनिङ्स समाप्त भयो।
बलिङतर्फ क्यानडाका सुदजिन्दर सिंहले सर्वाधिक तीन विकेट लिए। कलिम साना र शिल पटेलले समान दुई–दुई विकेट हात पारे। क्यानडाका बलरले नियमित अन्तरालमा विकेट लिँदै नेपाललाई ठूलो स्कोर बनाउनबाट रोके।

Leave a Comment