यू–१९ महिला विश्वकपका १५ खेल नेपालमा हुने

पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, ४ कात्तिक। नेपालमा आयोजना हुने यू–१९ महिला विश्वकप क्रिकेटका एक तिहाइभन्दा बढी खेल नेपाली मैदानमा सञ्चालन हुने भएका छन्।

प्रतियोगिताका कुल ४१ खेलमध्ये १५ खेल नेपालमा खेलाइने तालिका सार्वजनिक भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालमा हुने खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा सञ्चालन गरिनेछन्।
नेपाल र बंगलादेशले संयुक्त रूपमा आयोजना गर्न लागेको यू–१९ महिला विश्वकप आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म सञ्चालन हुनेछ।
प्रतियोगिताका खेल नेपालमा सञ्चालन हुनुले नेपाली क्रिकेटप्रेमीलाई अन्तर्राष्ट्रिय महिला क्रिकेट प्रत्यक्ष हेर्ने अवसर प्रदान गर्नुका साथै देशको क्रिकेट पूर्वाधार र खेल पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Leave a Comment