प्रिमियर लिगमा शीर्ष स्थानका लागि सिटी र आर्सनलको प्रतिस्पर्धा, फुलहाम र कोभेन्ट्री अझै अंकविहीन

पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, भदौ २२ । इंग्लिस प्रिमियर लिगको तेस्रो चरणका खेल सकिँदा शीर्ष स्थानका लागि म्यानचेस्टर सिटी र आर्सनलबीच प्रतिस्पर्धा देखिएको छ।

आइतबार राति भएको खेलमा आर्सनलले चेल्सीलाई २–१ गोलले पराजित गर्दै ९ अंक जोडेको छ। लन्डन डर्बीमा चेल्सीलाई हराएसँगै आर्सनल अंक तालिकाको दोस्रो स्थानमा छ। समान ९ अंक भए पनि गोलअन्तरका आधारमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा रहेको छ।

चेल्सीको भने जारी सिजन यो पहिलो हार हो। तीन खेलबाट ६ अंक जोडेको चेल्सी चौथो स्थानमा छ।
दुई खेलमा जित र एक खेलमा बराबरी खेलेको हल सिटी ७ अंकसहित तालिकाको तेस्रो स्थानमा छ।

यस्तै, गएराति नै भएको अर्को खेलमा एभर्टनले म्यानचेस्टर युनाइटेडलाई २–२ गोलको बराबरीमा रोक्दै आफ्नो अपराजित यात्रा कायम राखेको छ। युनाइटेडले यस सिजन तीन खेलबाट एक जित, एक हार र एक बराबरीको नतिजा निकालेको छ। चार अंक जोडेको युनाइटेड ११औँ स्थानमा छ।

तेस्रो चरणका खेल सकिँदा ब्रेन्टफोर्ड, लिभरपुल, न्युक्यासल युनाइटेड, एभर्टन र लिड्स युनाइटेडले समान ५ अंक जोडेका छन्।

ब्राइटन एन्ड होभ एल्बियन, म्यानचेस्टर युनाइटेड र सन्डरल्यान्डको समान ४ अंक छ। क्रिस्टल प्यालेस र इप्सविच टाउनले समान ३ अंक जोडेका छन्।

बर्नमाउथ र नटिङघम फरेस्टको समान २ अंक छ भने एस्टन भिल्ला र टोटनह्याम हट्सपुरले १–१ अंक जोडेका छन्।
फुलहाम र कोभेन्ट्री सिटीले भने तेस्रो चरणसम्म पनि अंकको खाता खोल्न सकेका छैनन्।

Leave a Comment