काठमाडौं, कात्तिक ५। अर्घाखाँचीमा मोटरसाइकल दुर्घटनामा परी बाबुछोराको मृत्यु भएको छ।
भूमिकास्थान नगरपालिका–२ स्थित भूमेकाथानमा भएको दुर्घटनामा भूमिकास्थान–८ का बाबुछोराले ज्यान गुमाएका हुन्।
प्रहरीका अनुसार लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल गएराति दुर्घटनामा परेको थियो। दुर्घटनामा परी करिब ६२ वर्षीय देवीराम आचार्य र उनका करिब २३ वर्षीय छोराको घटनास्थलमै मृत्यु भएको हो।
मृतक छोराको नाम खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटना कसरी भयो भन्ने विषयमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले अनुसन्धान गरिरहेको छ।

