२० प्रहरी अझै गैरहाजिर, असईसहित सात दिनभित्र उपस्थित हुन प्रहरी प्रधान कार्यालयको चेतावनी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, ११ पुस २०८२
एक जना प्रहरी सहायक निरीक्षक (असई) सहित २० जना प्रहरी कर्मचारी लामो समयदेखि सम्पर्कबिहीन रहेपछि प्रहरी प्रधान कार्यालयले उनीहरूलाई एक साताभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।

प्रहरी प्रधान कार्यालयको कानुन शाखाले शुक्रबार सूचना जारी गर्दै ती प्रहरीहरू निरन्तर गैरहाजिर रहेको उल्लेख गरेको छ। सूचनाअनुसार एक असई, तीन जना सहायक हवल्दारसहित विभिन्न दर्जाका २० जना प्रहरी कर्मचारी हालसम्म कार्यालय सम्पर्कमा नआएको जनाइएको छ।

प्रहरी प्रधान कार्यालयले तोकिएको समयसीमाभित्र सम्बन्धित प्रहरी सम्पर्कमा नआए प्रचलित कानुनअनुसार सेवाबाट हटाउने प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ।

प्रहरी संगठनभित्र अनुशासन कायम राख्न यस्तो कदम चालिएको प्रहरी प्रधान कार्यालयको भनाइ छ।

Leave a Comment