मोरङमा १३ वर्षीया किशोरीमाथि बलात्कारको आरोप, २१ वर्षीय युवक पक्राउ

पढ्न लाग्ने समय : 1 मिनेट

मोरङ । मोरङको लेटाङमा १३ वर्षीया किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा लेटाङ नगरपालिका–६ निवासी विकास भन्ने भुवानीप्रसाद लम्साल रहेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गत कात्तिक २८ गते साँझ लेटाङमा आयोजित एक कार्यक्रम हेरेर घर फर्किने क्रममा किशोरीमाथि जबर्जस्ती करणी गरेको उनीमाथि आरोप छ।
घटनापछि आरोपित युवक फरार भएका थिए। पीडित किशोरीले दिएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। सूक्ष्म अनुसन्धानका क्रममा घटनामा संलग्न व्यक्तिको पहिचान भएपछि शनिबार लम्साललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका लम्सालमाथि जबर्जस्ती करणीसम्बन्धी कसुरमा मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

Leave a Comment