बारामा प्रहरीसंग अभद्र व्यवहार गर्ने एकजना पक्राउ

बिश्व खबर
पढ्न लाग्ने समय : 0 मिनेट

९ बैशाख,बारा: बारामा प्रहरीलाई अभद्र व्यवहार गर्ने एकजना आज पक्राउ परेका छन ।
प्रहरीले सिम्रौनगढ नगरपालिका-२ मौवाहीका भोला प्रसाद साहलाई आज पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले साहलाई आज कलैया बजार क्षेत्रबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी गराए ।
साहले गएको फागुन २४ गते लागु औषध पक्राउ गर्न खटेको प्रहरी टोलीलाई बाधा उत्पन्न गरी अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ ।

Leave a Comment