अनाथ बालबालिकालाई खाद्यान्न सहयोग,निशुल्क उपचार गर्ने:डा.पाण्डेय

बिश्व खबर
पढ्न लाग्ने समय : 2 मिनेट

सागर बिश्वकर्मा
२४ बैशाख,बारा: कलैया उपमहानगरपालिका वडा नम्बर-४ स्थित अमृता अनाथ आश्रमका बालबालिकाहरुलाई आज एक समारोह बिच खाद्यान्न सामग्री बितरण गरिएको छ ।
कलैया स्थित श्री ३ चन्द्र माध्यमिक बिद्यालयका तत्कालिन प्रधानाध्यापक स्वर्गीय कृष्ण कान्त पाण्डेयको चौथौं पुण्य तिथिको अवसरमा उनका छोराद्धय डा.शैलेस पाण्डे र डा. शिवेश पाण्डेयले चामल, दाल, तरकारी, तेल, मसला, बिस्कुट लगायत खाद्यान्न सहयोग गरेका हुन् ।
अनाथ बालबालिकाहरुलाई खाद्यान्न सहयोग गर्ने क्रममा डा.शैलेश र डा.शिवेशले आफुहरुले अमृता अनाथ आश्रमका बालबालिकाहरुलाई निशुल्क उपचार गरिदिने समेत बताए । साथै कलैया अस्पताल नजिक सञ्चालनमा रहेको आफ्नो क्लिनिक लाईफ हेल्थ केयरमा आश्रमका बालबालिकाहरुलाई निशुल्क रुपमा भिडियो एक्सरे तथा अन्य ल्याब सुबिधा समेत उपलब्ध गराउने बताए । डा. शिवेश पाण्डेयले उक्त क्लिनिकमा आफ्नो श्रीमती स्त्रिी रोग बिशेषज्ञ डा.बब्ली मिश्रा पाण्डे नियमित बस्ने गरेको र आश्रमका नानिहरुलाई महिला स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा सो क्लिनिकमा निशुल्क उपचार गरिदने प्रतिवद्धता समेत जनाए ।
अमृता अनाथ आश्रमका सञ्चालिका तथा अध्यक्ष समेत रहेकी फुलमती देबी बस्नेतले मनकारी र परोपकारी ब्यतिmहरुको सहयोगले नै आफुहरुले आश्रम सञ्चालन गर्न सकेको बताईन् । उनले स्थानियहरुले आफ्नो र आफन्तको जन्मदीन, पुन्य तिथी तथा पर्व र दिवस बिशेष अवसरहरुमा आश्रमका अनाथ बालबालिकाहरुलाई गरेको सहयोगले अनाथ बालबालिकाहरुको परवरिसमा मदत पुग्ने गरेको बताईन । हाल आश्रममा १ बर्ष देखी १८ बर्ष सम्ममा ९ जना केटी र ७ जना केटा गरी १६ जना अनाथ बालबालिका रहेको समेत बताईन ।
उक्त अवसरमा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदीले स्थानिय ब्यक्ती तथा सँघसँस्थाले अनाथ बालबालिकाहरुलाई गर्ने सहयोगले समाजमा मानवता जिवन्त रहेको प्रमाण दिने गरेको बताए । आफ्नै बुवा आमा नभएका बालबालिकाहरुलाई समाजले बिभिन्न किसमका सहयोग गरेर देखाएको उदारताले मनोबैज्ञानिक ढङ्गबाट सम्पुर्ण समाज एउटै परिवार हो भन्ने संदेश पनि सम्प्रेषण हुने गरेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान तथा नेपाल पत्रकार महासंघ बाराका पूर्व उपाध्यक्ष राकेश पाण्डे लगायतका पत्रकारहरुको उपस्थिती रहेको थियो ।

Leave a Comment