२३ फागुन,कलैया,बारा- प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बारा निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश धिताल विजयी भएका छन्।
निर्वाचन अधिकृत शम्भु बस्नेतका अनुसार सम्पन्न मतगणनामा धितालले ३९ हजार ९९८ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शम्भु बुढाथोकीले १४ हजार २२३ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का अच्युत मैनालीले ११ हजार ६४५ मत पाएका छन्।
उक्त निर्वाचन क्षेत्रमा १ लाख २३ हजार ९८५ मतदाता रहेका थिए। तीमध्ये करिब ६५ प्रतिशत अर्थात् ८० हजार ५८१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। मतगणनाका क्रममा ५ हजार २९६ मत बदर भएको पनि जनाइएको छ।

