संसद् पुनर्स्थापनाका लागि अदालत जाने एमाले, मंसिर अन्तिम साता महाधिवेशन गर्ने तयारी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२६ असोज, काठमाडौं । संसद् विघटनलाई असंवैधानिक ठहर गर्दै नेकपा (एमाले) ले यसको पुनर्स्थापनाका लागि अदालत जाने निर्णय गरेको छ । आइतबार भक्तपुरको गुण्डुमा बसेको केन्द्रीय सचिवालय बैठकले अदालत खुल्नासाथ सर्वोच्च अदालतमा रिट दायर गर्ने निर्णय गरेको हो ।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार संसद् विघटन असंवैधानिक भएकाले त्यसको पुनर्स्थापना आवश्यक रहेको एमालेको धारणा छ । ‘अहिलेका कुनै पनि गतिविधि चुनावमुखी छैनन् । यो विघटन नै असंवैधानिक भएकाले पुनर्स्थापना हुनुपर्छ भन्ने हाम्रो माग हो,’ ज्ञवालीले भने ।

सोही बैठकले पार्टीको एघारौं महाधिवेशन मंसिर महिनाको अन्तिम सातामा गर्ने निर्णय पनि गरेको छ । महाधिवेशनको सटीक मिति र स्थान भने आगामी २९ असोजबाट सुरु हुने केन्द्रीय कमिटी बैठकले टुंग्याउने जनाएको छ ।

Leave a Comment