प्रधानमन्त्री शाहले तीनै सुरक्षा निकायका प्रमुखसँग लिए सुरक्षा अवस्थाबारे जानकारी

पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, १९ कात्तिक। प्रधानमन्त्री वालेन्द्र शाहले देशको पछिल्लो शान्ति–सुरक्षा अवस्थाबारे नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग छलफल गर्दै सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

प्रधानमन्त्री शाहले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीनै सुरक्षा निकायका प्रमुखलाई बोलाएर देशको समग्र सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन्।
छलफलमा प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेल सहभागी थिए।

बैठकमा सुरक्षा निकायका प्रमुखहरूले चाडपर्वका समयमा नागरिकको सुरक्षा सुनिश्चित गर्न अपनाइएका उपाय, देशको समग्र शान्ति–सुरक्षाको अवस्था तथा सुरक्षा व्यवस्थापनका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
प्रधानमन्त्री शाहले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

Leave a Comment