विश्वासको मत गुमाएपछि मधेश प्रदेशका मुख्यमन्त्री सोनलले दिए राजीनामा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 0 मिनेट

शनिबार, २२ कात्तिक २०८२-काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले विश्वासको मत गुमाएपछि पदबाट राजीनामा दिएका छन्।

शनिबार प्रदेशसभा बैठकमा विश्वासको मतका लागि उपस्थित भएका सोनलले आवश्यक समर्थन नपाएपछि सभामुखसमक्ष राजीनामा घोषणा गरेका हुन्।

सोनलले विश्वासको मतका लागि आज समय लिएका थिए। तर पर्याप्त मत सुनिश्चित नदेखिएपछि उनले बैठकमै राजीनामा घोषणा गरेका हुन्।

विश्वासको मत गुमाएपछि अब मधेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने भएको छ।

Leave a Comment