बारामा शान्ति–सुरक्षा मजबुत बनाउने प्रतिबद्धता : एसपी कुवर

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१९ मंसिर ,कलैया , बारा-
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुवरले जिल्ला भित्र शान्ति–सुरक्षा कायम राख्न प्रहरी सदैव सक्रिय र प्रतिबद्ध रहने बताएका छन्।

शुक्रबार कलैयामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा एसपी कुवरले आगामी निर्वाचनलाई लक्षित गरेर सीमा सुरक्षा कडाईका साथ निगरानी बढाइने बताए।
‘निर्वाचन पूर्व तयारीमा विशेष ध्यान दिइएको छ। अवैध गतिविधि रोकथाम, सीमा सुरक्षा र संवेदनशील क्षेत्रको निगरानी प्राथमिकतामा छन्,’ उनले भने।

एसपी कुवरले प्रशासनिक कार्यप्रणालीमा पारदर्शिता कायम गर्दै भ्रष्टाचार नियन्त्रणलाई कडाइपूर्वक अघि बढाइने समेत स्पष्ट पार गरे।

कार्यक्रममा सहभागी पत्रकारहरूले जिल्लामा पछिल्लो समय बढ्दो असुरक्षा, अव्यवस्था तथा निर्वाचन नजिकिँदै गर्दा देखिन सक्ने चुनौतीप्रति प्रहरी प्रशासनले थप ध्यान दिनुपर्ने माग राखे।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान, महासंघ बारा शाखाका अध्यक्ष रमेश सुबेदी, उपाध्यक्ष पानालाल दास, पूर्व उपाध्यक्ष रामबाबु मेहता, पूर्व सचिव जयनारायण यादव लगायतले पत्रकार तथा नागरिकको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्न आग्रह गरे।

उनीहरूले पत्रकारमाथि हुन सक्ने सम्भावित दबाब, धम्की र अवरोध रोक्न प्रहरी सतर्क रहनुपर्नेमा जोड दिए।

Leave a Comment