२०८२ मंसिर २०, काठमाडौं।
राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई रोमाञ्चक खेल निर्धारित छन्।
बिहान ११:१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स आमनेसामने हुनेछन्।
सुदूरपश्चिम १२ अंकसहित पहिले नै पहिलो क्वालिफायर भित्रिसकेको छ, तर ८ अंक जोडेको विराटनगरका लागि आजको खेल जित्नैपर्ने प्रकारको छ। राम्रो रनरेटका साथ जित निकाल्न सके विराटनगरले पनि पहिलो क्वालिफायरमा स्थान बनाउनेछ, अन्यथा उसले लुम्बिनी लायन्ससँग इलिमिनेटर खेल्नु पर्नेछ।
दिउँसो ३:३० बजे हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्नेछन्।
दुवै टोली प्लेअफ दौडबाट बाहिरिइसकेकाले यो खेल प्रतिष्ठामात्राको प्रतिस्पर्धा हुने छ।

